विद्यालयभित्र तास खेल्ने प्रधानाध्यापकसहित ११ जना पक्राउ
चितवन । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खैरहनी नगरपालिका वडा नं.२ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।










