काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई संक्रमण पुष्टि भएको ट्विट गर्दै यो जानकारी दिएका हुन् ।
पछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन्।