झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा पुजारी पक्राउ
बाँके । बाँकेमा झारफुक गर्ने बहानामा दुई जनालाई बलात्कार गरेको आरोपमा पुजारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका ५, कम्मरजँहास्थित बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारी रहेका छन् ।
पुजारीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा मन्दिरको कुटीमा बोलाई बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










