भारतमा एकैदिन ७७ हजारबढीमा कोरोना पुष्टि

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १६:२९
;

काठमाडौं । भारतमा एकैदिन ७७ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार सरकारी अधिकारीले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार दुई सय ६६ जनामा कोरोना संक्रमण देखिएको हो ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एक दिनमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार पाँच सय २९ पुगेको मन्त्रालयका अधिकारीले जनाएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार देशभर हालसम्म ३३ लाख ८७ हजार पाँच सय एक जना सङ्क्रमित भएका हुन् ।

कुल सङ्क्रमितमध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन् ।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*