दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु, एकै परिवारका चार घाइते

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १७:१५
;

मोरङ । दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कसेनीमा झडप हुँदा बेलबारी ५ कसेनीका ३५ बर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो । घाइते मध्ये चन्द्रकुमारको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको वडा अध्यक्ष विश्वबन्धु बस्नेतले जानकारी दिए ।

घाइते हुनेहरु मध्ये एकै परिवारका शैकु राई, गौरव राई हुन भने अन्य एक जना त्यहि परिवारकै सदस्य घाइते भएका छन ।

झडप गर्ने समुहका अर्का जितेन्द्र चौधरी समेत घाइते भएका छन । झडपको कारण भने खुल्न सकेको छैन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*