बर्दिबासमा सवारी दुर्घटना, एकको मृत्यु
१३ भाद्र २०७७, शनिबार ११:४७
महोत्तरी । बर्दिबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१ निवासी ४० वर्षीय टेक नारायण श्रेष्ठ छन् ।
शनिबार बिहान बर्दिबास नगरपालिका–१ बर्दिबास चौकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आर जे ०२ जी बि ३३४७ नम्बर भएको भारतीय लहरीले ठक्कर दिएको थियो ।
लहरीको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा बर्दिबास जनसेवा हस्पिटलमा मृत्यु भएको हो ।
भारतीय लहरी र चालक अरबिन कुमार बलाइतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










