त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि
काठमाडौं । तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि त्रिभुवन विश्वविद्यालयकोे वार्षिक परिक्षा दशैँ पछाडि सञ्चालन गरिने भएको छ ।
कोरोना संक्रमितको संख्यामावृद्धी हुन थालेपछि दशैँ पछाडी परीक्षा सञ्चालन गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् । ।
पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ ।
पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको उनले बताए ।
सेमेष्टर प्रणालीका धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नभएको जनाइएको छ ।










