जनकपुर । महोत्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । शनिबार मृत्यु भएका दुई पुरुषमा कोरोना परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
महोत्तरीको भंगहा नगरपालिका– १ का ३५ वर्षीय पुरुष र पीपरा गाउँपालिका वडा नंं ७ का ७० वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ ।