एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार ११:१५
;

काठमाडौं । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना हुँदा दुर्घटनामा चापाकोट–९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको हो ।

चापाकोट–९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।

दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*