मकवानपुरमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । शनिबार १३ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५ सय ४ पुगेको हो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको थियो भने अन्य स्थानमा भएको परीक्षण समेत गरेर १३ जनामा कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म संक्रमण पुष्टि भएकामा २ सय १९ जना कोरोनासंक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।
त्यस्तै मकवानपुरमा हालसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।










