थप दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा धरान उपमहानगरापालिका १७ का ७४ वर्षीय महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
७४ वर्षीय संक्रमित १३ गते प्रतिष्ठानमा भर्ना भएकोमा १४ गते कोरोना पुष्टि भएको थियो । मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घकालीन रोग रहेको थियो ।
त्यसैगरी, ६० वर्षीय पुरुष १३ गते अस्पताल भर्ना भइ १४ गते कोरोना पुष्टि भएको थियो । यो सँगै विपी कोइराला प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।










