बन्यो हावामा कोरोना पत्ता लगाउने डिभाइस
काठमाडौं । रुसले हावामा कोरोना भाइरस पत्ता लागाउने डिभाइस बनाएको छ । हावामा नै कोेरोनाभाइरस, ब्याक्टेरिया, विषाक्त पदार्थ र भाइरसबाट हुने रोग पत्ता लगाउन सक्ने एक उपकरण रुसले विकसित गरेको हो ।
हावामा रहेका प्याथोजिनहरू पत्ता लगाउनुका साथै यस विशेष उपकरणले केही सेकेन्डभित्रै सम्भावित खतराको सूचना दिन्छ र त्यसको स्रोतलाई इंगित गर्छ ।
शुक्रवार मस्को नजिक केमिस्ट्री बायो नामक उपकरण प्रदर्शन गरिएको हो । त्यसलाई केएमजी कारखानाले बनाएको हो ।
यसलाई भीडभाड हुने सार्वजनिक स्थानमा लगेर त्यहाँको हावामा कोरोना छ कि छैन भनी पत्ता लगाउन उपयोग गरिनेछ ।










