कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २ सय २१ पुग्यो

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १६:५२
;

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

मृत्यु हुनेका ४ महिला र १० पुरुष गरी १४ जना रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हनेहरुमा सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय , रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६५ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*