भोलिबाट हेटौंडा बजार बिहान १० बजेसम्म खुल्ला, बैंक ३ बजेसम्म खुल्ने
मकवानपुर । मकवानपुर जिल्लाको विभिन्न स्थानीय तहमा जारी निषेधाज्ञाको ढाँचा परिवर्तन गरिएको छ ।
कोरोना भाइरस माहामारी रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत साउन २६ गते राति १२ बजेदेखि पूर्णरुपमा निषेधाज्ञा जारि गरेको थियो ।
सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २५ गतेसम्म निरन्तरता दिंदै ढाँचामा परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी दूग्धजन्य र औषधिजन्य लगायतका अतिआवश्यक बस्तु खरिद गर्न विहान ५ बजेदेखि १० बजेसम्म पसल व्यवसाय संचालन गर्न दिइने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले वित्तिय संस्था, बैँकहरु भोली १० बजेदेखी ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
सहकारी सस्थाको हकमा भने बजार क्षेत्रमा रुपैँया संकलन गर्न नपाउने नियम बनाईएको छ । यो निर्णय भदौ २५ गतेसम्मको लागि लागु गरिएको छ ।
खाद्यान्नलगायतका सामग्री लोड अनलोडको समय बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मलाई निर्धारण गरिएको छ ।
मकवानपुरमा पूर्णरुपमा निषेधाज्ञा लागु गरि सडकमा सेना समेत परिचालन गरिएको थियो भने भोलिदेखि नेपाली सेना परिचालित हुनेछैनन् भने केहि मात्रामा बजार खुकुलो हुनेछ ।
निर्णयहरु:














