एसईईमा नम्बर कम दिएको भन्दै शिक्षकमाथि कुटपिट

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार १५:५९
;

सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा नम्बर कम दिएको भन्दै विद्यार्थीले शिक्षकमाथि कुटपिट गरेका छन् ।

सिन्धुलीको सुनकोशी गाँउपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई एसईई परीक्षामा नम्बर कम दिएको भन्दै आइतबार दिउँसो विद्यार्थीले विद्यालयको कार्यालयमा नै प्रवेश गरी कुटेका थिए ।

शिक्षकमाथि कुटपिट भएपछि सुरक्षाको माग गर्दै कार्यरत शिक्षकले अनिश्चितकालका लागि विद्यालय बन्द गराएका छन् ।

कुटपिटबाट प्रअ सुनुवारको मुखमा गम्भीर घाइते भएका दुवै जना शिक्षकको स्थानीय स्वास्थ्य चौकीमाप्राथमिक उपचार गरिएको छ ।
विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये नौ जनाको रिजल्ट ‘सी’ आएको र तिनैमध्येका तीन जनाले कुटपिट गरेको विद्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*