फेसबुकमा सीडीओलाई गाली गर्ने चालिसे पक्राउ

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा सीडीओलाई गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई गाली गरेको आरोपमा वीरेन्द्रनगर– १२ का राजन चालिसेलाई पक्राउ गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउने गरेको निर्णयको आलोचना गर्दै फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेका चालिसेलाई पक्राउ गरिएका प्रहरीले जनाएको छ ।
पक्राउ परेका रेग्मीलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।