कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार ११:२८
;

पर्सा । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका एक जना र बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई मधुमेह र दमको समस्या रहेको अस्पतालले जनाएको छ ।

बेवारिसे अवस्थामा सडकमा भेटिएका अन्दाजी ६० वर्षका पुरुषलाई कोभिड एक्सन टिमका युवाहरुले शनिबार अस्पताल लगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*