१ सय ४६ केजी गाँजा र ७ लाख बराबरको औषधिसहित एक जना पक्राउ

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १५:०५
;

मोरङ । एक सय ४६ केजी गाँजा र सात लाख रुपैयाँ बराबरको औषधिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका– ३ का ३४ वर्षीय सुरेशकुमार मेहता रहेका छन् ।

मोरङको विराटनगरमा सशस्त्र प्रहरीले को.२त ६०५७ नम्बरको ट्याक्टरमा भारततर्फ लैजाँदै गरिएको उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले विराटनगर– १८ भेडियारीबाट चालक मेहतालाई पक्राउ गरेको हो ।

पक्राउ गरिएको गाँजा, चालक र ट्याक्टरसहित सशस्त्र प्रहरीले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*