उपत्यकाका ४ सय ८१ कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकाका थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौं उपत्यकामा ४ सय ८१ संक्रमित थपिएका हुन् ।
मंगलबार काठमाडौं ३ सय ९३ जना, भक्तपुरमा ३० र ललितपुर ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।










