त्रिवि शिक्षण अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको मंगलबार साँझ मृत्यु भएको हो ।
शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् ।
सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए भने त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो ।










