भारतमा एकैदिन करिब ८४ हजारमा कोरोना पुष्टि, १ हजार ४३ जनाको मृत्यु

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १२:१२
;

काठमाडौँ । भारतमा करिब ८४ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बुधबार मात्रै थप ८३ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन यति धेरै संख्यामा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार ४ सय ४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार ४३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ हजार ३ सय ७६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*