थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार हालसम्म नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ४१३ छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ४ १३ को पिसिआर परीक्षण गरिएको छ ।










