कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या २ सय ५७ पुग्यो

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १७:०५
;

काठमाडौं । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मृत्यु हुनेको संखया संख्या २ सय ५७ पुगेको छ ।

कोरोना संक्रमणका कारण चार महिला र दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा चितवनका ४०, भक्तपुरकी ४०, तनहुँकी ९२ र रूपन्देहीका ७७ वर्षीया महिला छन् ।

यसैगरी, सिन्धुपाल्चोकका ७७ र रूपन्देहीका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*