भलिबल खेल्दा झडप, अस्पताल गएर फेरि कुटपिट

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १२:५८
;

काठमाडौं । मनमोहन अस्पतालको आकस्मिक कक्षमा दुई समूहबीच झडप भएको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित अस्पतालमा अज्ञात समूहले घाइतेहरूमाथि कुटपिट गरेका थिए भने नर्स, चिकित्सक, प्यारामेडिक्स तथा सुरक्षा गार्डहरूमाथि समेत हातपात भएको थियो ।

अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै अस्पतालमा तोडफोड समेत गरेको जनाएको छ ।  दुई समूहबीच झडप पहिले रानीवनमा भएको प्रहरीले जनाएको छ ।
यस घटनामा संलग्न दुई जनालाई वीरेन्द्रबहादुर धानुक र सुदीप देवकोटालाई  पक्राउ समेत गरेको छ ।

परिसरका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार झडपमा १०(१२ जना घाइते भएको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*