मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु
भैरहवा । मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । आफैँले चलाएको मोटरसाइकल पल्टीँदा शुक्रबार रुपन्देहीमा शुद्धोधन गाउँपालिका–६, का ४० वर्षीया समुजराम केवटको मृत्यु भएको हो ।
गैडहवा गाउँपालिका–५, तेलण्डियास्थित लुम्बिनी कलौनी भित्री सडकखण्डमा लु१४प ७९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदाँ मोटरसाइकलमा सवार शुद्धोधनकै अर्का ३५ वर्षीया गुडिया केवट भने घाइते भएकी छन् ।
उनीहरुलाई तत्काल उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा समुजरामको मृत्यु भएको हो ।










