करेन्ट लागेर मनहरीका मोक्तानको मृत्यु
मकवानपुर । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिकाका एक युवकको मृतयु भएको छ ।
मनहरी–६ स्थित आफ्नो घरमा करेन्ट लागेर २४ वर्षीय ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो ।
घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ । शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ ।










