मकवानपुर । हेटौंडाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा हेटौंडाका १९ जनामा कोरोना भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार कोरोना संक्रमण हुनेहरुमा १० जना महिला र ९ जना पुरुष रहेका छन् ।
