कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २ सय ७१ पुग्यो

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १७:०४
;

काठमाडौं । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेका छन् ।

मृत्यु हुनेमध्ये काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला रहेकी छिन् ।

सप्तरीका ५५/५५ वर्षीय दुई पुरुष, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्युठानका ५८ , रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*