बागमती प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुग्यो
मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । हिजो एकै दिन ६ सय १८ जना कोरोना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या १० हजार ८४ पुगेको हो ।
पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेशमा २ हजार ६७ जना कोरोनामुक्त भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ९ सुय ३९ जना कोरोना संक्रमितहरु उपचाररत छन् ।
त्यस्तै कोरोनाको संक्रमणबाट बागमती प्रदेशमा ७४ जनाको मृत्यु भइसकेको छ ।










