ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

हेटौडा न्युज
२० भाद्र २०७७, शनिबार १२:१४
;

काठमाडौं । सिरहामा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सिरहा चोहर्वा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका ५ पानबारी नजिकै बिग्रिएर रोकी राखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा चोहर्वावाट सिरहा आउँदै गरेको नम्बर नभएको ९अन टेस्ट० मोेटरसाइकल ठोक्किदाँ दुइ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिरहा नगरपालिका ५ का १९ वर्षीय अमलेश महतो र २१ वर्षीय सुनिल कुमार सदा रहेका छन् ।

सोही मोटरसाइकलमा सवार सिरहा नगरपालिका ५ का १९ वर्षिय मिथिलेश सदा गम्भीर घाइते भएको र थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*