विराटनगरकी ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
धरान । थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका –११ बस्ने ४३ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।
चार वर्षदेखि उच्च रक्तचापको दीर्घरोगी रहेकी संक्रमित महिलालाई भदौ १८ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।










