मकवानपुरको मनहरीमा १ सय २५ जनाले गरे रक्तदान

हेटौडा न्युज
२० भाद्र २०७७, शनिबार १३:४५
;

मकवानपुर । मकवानपुरको मनहरीमा १ सय २५ जनाले रक्तदान गरेका छन् । ५८ औं रेडक्रस स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रमा १ सय २५ जनाले रक्तदान गरेका हुन् ।

कोरोना संक्रमणका कारण देशैभर रगतको चरम अभाव भइरहेको समयमा रगतको अभाव टार्न रेडक्रस दिवसको अवसरमा मनहरी गाउँपालिका– ७ स्थित मनकामना मन्दिर परिसरमा स्वास्थ्य सुरक्षा विधि अपनाई भौतिक दूरी कायम गरी रक्तदान कार्यक्रम गरिएको हो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी मनहरी गाउँपालिका कमिटी र मनहरी एफएमले नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*