चितवन । कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।