भारतमा एकैदिन ९० हजार ९ सय कोरोना संक्रमित थपिए
काठमाडौं । भारतमा एकैदिन ९० हजार ९ सय कोरोना संक्रमित थपिएका छन् ।
एकैदिन ९० हजार ९ सय कोरोना सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४१ लाख १० हजार नाघेको वल्ड्रोमिटरले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट एकैदिन १ हजार ४४ जनाको मृत्यु भएसँगै भारतमा मृत्यु हुनेको संख्या ७० हजार ६ सय नाघेको छ ।
भारतमा अहिलेसम्म ३१ लाख ७७ हजार सङ्क्रमित निको भएका छन् ।










