६ वर्षीया बालिका बलात्कारको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ
गुल्मी। ६ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट बजार बस्ने ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले ती बालिकालाई भदौ १७ गते ललाई फकाई बलात्कार गरेको भन्ने सुचनाका आधारमा प्रहरी चौकी पुर्तिघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।










