थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना संक्रमण देखिएकोे हो ।
जसमा २ सय ९० महिला र ६ सय ९० पुरुष रहेका छन् । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
आज देशभरका हजार १० जनाको ३८२ पीसीआर परीक्षण भएको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार २ ;o १ जना र होम आइसोलेसनमा ७ हजार ८ ;o २६ रहेका छन् । आजसम्म देशभर ४ हजार ३ ;o ३ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा २१ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ३ जना गरी २७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १;o ७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा १०९ जना रहेका छन् ।










