कोरोनाबाट थप ९ जनाकोे मृत्यु, संक्रमितको संख्या २ सय ८९ पुग्यो

हेटौडा न्युज
२१ भाद्र २०७७, आईतवार १७:०७
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाकोे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न क्षेत्रका ९ जनाको मृत्यु भएको हो ।

कोरोनाबाट मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*