हेटौंडाका ६२ सहित मकवानपुरका ७२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२१ भाद्र २०७७, आईतवार १८:१३
;

मकवानपुर । हेटौंडाका ६२ जनासहित मकवानपुरका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका थप ७२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका विभिन्न वडामा गरी ६२, कैलाश गाउँपालिकाका ४, भीमफेदी गाउँपालिकाका ४ जना र मकवानपुगढी गाउँपालिकामा २ जना रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार संक्रमित हुनेहरुमा २९ जना महिला र ४३ जना पुरुष रहेका छन् ।

संक्रमितको विवरण:
हेटौंडा–१ का २ जना (५८ र ३८ वर्षीया महिला)
हेटौंडा–२ का ९ जना (८, २१, २५, ३०, ३८, २८ वर्षीया महिला र ३२, ७, ६५ वर्षीय पुरुष)
हेटौंडा–४ का ५ जना (१०, ३५, ३९, ३६, ७६ वर्षीय पुरुष)
हेटौंडा–५ का ६ जना (४० वर्षीया महिला र ५, २४, ३३, ३५, ४९ वर्षीय पुरुष)
हेटौंडा–६ का २ जना (२३ वर्षीय महिला र ४९ वर्षीय पुरुष)
हेटौंडा–८ का १ जना (२८ वर्षीय पुरुष)
हेटौंडा–९ का ३ जना (२९, ३३, ४० वर्षीय पुरुष)
हेटौंडा–१० का १५ जना (२७, ३३, २२, १०, ६, २१, ३४ वर्षीया महिला र ३, २, ३४, ३०, २८, ६१, ३५, ३९ वर्षीय पुरुष)
हेटौंडा–११ का ११ जना (१७, ३५, ३५, ३० वर्षीया महिला र ७, २, ३०, ४०, १६, ५३, ४९ वर्षीय पुरुष)
हेटौंडा–१३ की १ जना (९ वर्षीया बालिका)
हेटौंडा–१५ का ५ जना (२८, ४८ वर्षीय महिला र ५५, १३, ४८ वर्षीय पुरुष)
हेटौंडा–१७ का २ जना (७३ वर्षीया महिला र २३ वर्षीय पुरुष)
कैलाश गाउँपालिका–१० का ४ जना (२२, ३४ वर्षीया महिला र ३५, ३९ वर्षीय पुरुष)
भीमफेदी गाउँपालिकाका ४ जना (३६ वर्षीया महिला र ३३, ३५, ४९ वर्षीय पुरुष)
मकवानपुरगढी गाउँपालिका–३ का २ जना (२१ वर्षीय महिला र २५ वर्षीय पुरुष)

संक्रमण पुष्टि हुनेका एक जना भने बाहिरी जिल्लाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*