रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना पुष्टि
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा पक्राउ २० जना मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रशासनको निर्णय विपरीत बिहीबार रथ तान्ने क्रममा पक्राउ परेका २० जना ६ जनामा कोरोना पुष्टि भएको छ ।
पक्राउ परेकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा ११ जनाको रिपोर्ट आउँदा ६ जनामा संक्रमण पुष्टि भएको हो । अरु ९ जनाको भने रिपोर्ट आउन बाँकी छ ।
संक्रमण देखिएका र अरुलाई पनि अहिले आइसोलेशनमा राखिएको छ ।










