कोरोना संक्रमणबाट जनकपुरमा ग्यास व्यवसायीको मृत्यु
जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना भएका एक कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय पुरुष रहेका छन् ।
पहिला घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार सिरहा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुगेका थिए ।
कर्जन्हामा पीसीआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजिटिभ आएको थियो ।










