थप ९ सय ७९ जनामा कोरोना पुष्टि, १५ सयबढी कोरोनामुक्त
काठमाडौं । थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ नमुना परीक्षण गर्दा ९सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । यि मध्ये ३० हजार ६ सय ७७ जना कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् ।










