कास्की । अविरल वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिका– ६ मा काजी विकको घर भत्किँदा उनका २० वर्षीया छोरी सिर्जना विकको मृत्यु भएको हो ।
प्रहरी र स्थानीयको सहयोगमा सिर्जनाको शव निकालेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।