मकवानपुरका थप १४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १२:५०
;

मकवानपुर । मकवानपुरका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरीएको परिक्षणमा मकवानपुरका १४ सहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा मकवापुरका १४ मध्ये ४ महिला र १० पुरुष रहेका छन् भने ७ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

त्यस्तै मनहरी गाउँपालिकाका १ जना महिला र ३ जना पुरुष गरी ४ जना, थाहा नगरपालिकाका २ जना पुरुष र राक्सिराङ गाउँपालिकाका १ जना रहेका छन् ।

संक्रमितको विवरणः
हेटौंडा– १ की १ जना (२५ वर्षीया महिला)
हेटौंडा– २ का १ जना (२५ वर्षीय पुरुष)
हेटौंडा– ४ का १ जना (३३ वर्षीय पुरुष)
हेटौंडा– ५ का २ जना (४९ वर्षीया महिला र ६५ वर्षीय पुरुष)
हेटौंडा– ९ की १ जना (२१ वर्षीया महिला)
हेटौंडा– ११ का १ जना (५० वर्षीय पुरुष)
मनहरी– ७ का ४ जना (११ वर्षीया बालिका र ३६, ५५, ६२ वर्षीय पुरुष)
थाहा नगरपालिका– ६ का २ जना (३० र ७९ वर्षीय पुरुष)
राक्सिराङ– २ का १ जना (६५ वर्षीय पुरुष)

गत भदौ २२ गते संकलन गरीएको १ सय ४६ जनाको स्वाब परिक्षण गर्दा मकवानपुरका १४ र बाहिरी जिल्लाका ३४ जनामा संक्रमण देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*