जंगली बँदेलको आक्रमणबाट तीन जना घाइते
चितवन । जंगली बँदेलको आक्रमणबाट तीन जना घाइते भएका छन् । मंगलबार बिहान बर्दाहा सामुदायिक वननजिकै रहेको घरमा बँदेलले आक्रमण गर्दा भरतपुर महानगरपालिका २८ का एकै परिवारका अमन कुमाल, धर्म कुमाल, अशोक कुमाल घाइते भएका हुन् ।
घाइते तीन जनामध्ये दुई जना उपचारपछि भरतपुरको नारायणी अस्पतालबाट फर्किसकेका छन् । अर्का एक जनाको भने उपचार भइरहेको जनाएको छ ।
श्रेष्ठका अनुसार आक्रमण गर्ने बँदेललाई स्थानीयले प्रतिकारका क्रममा मारेका छन् ।









