थप १ हजार ८१ जनामा कोरोना पुष्टि, ९ सय १८ जना डिस्चार्ज

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १६:३३
;

काठमाडौं । नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३३ हजार ८ सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*