जहाज खरिद योजना तत्काल अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं । आन्तरिक उडानका लागि हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । आज बसेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगको संयुक्त बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस्तो निर्देशन दिएको हो ।
उनले आन्तरिकतर्फ दुईवटा मात्र जहाजले माग धान्न नसेकेको र दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने बताउदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
त्यस्तै उनले निगमलाई आर्थिक नोक्सान हुने कुनैपनि क्रियाकलापमा संलग्न कर्मचारीलाई तत्काल कारवाही गर्न अध्यक्ष सुशील घिमिरलेलाई निर्देशन दिएका छन् ।










