सामूहिक बलात्कारको आरोपमा थप दुई जना पक्राउ

बैतडी । १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पीडितका आफन्तले दिएको जाहेरीका आधारमा सिगास गाउँपालिकाकै २४ वर्षीय दानबहादुर बोहरा र २९ वर्षीय धनबहादुर बोहरालाई पक्राउ गरिएको हो ।
अन्य तीन जनालाई यसअघि नै नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । किशोरीको बयानका आधारमा घटनामा पाँच जना संलग्न रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
किशोरीले बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि उनीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो ।