एक किशोरीलाई भारततर्फ लैजादैँ गर्दा ६ जना पक्राउ

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार १२:५९
;

रौतहट । एक किशोरीलाई भारततर्फ लैजादै गर्दा ६ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट राति १ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ का १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेका छन् ।

अहिले घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*