झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार १३:३९
;

डोटी । झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोरायल गाउँपालिका–३ का ३१ वर्षीय टेकबहादुर ओली रहेका छन् ।

२० वर्षीया महिलाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएकाृे छ । उनी श्रीमानसँगै उजुरी दिन आएकी थिइन् ।

झारफुकका लागि हरेक मंगलबार ओलीकहाँ जाने गरेकोमा उक्त घटनापछि जान छाडेको महिलाले बताएकी छन् ।

इलाका प्रहरी कार्यालय जोरायलले भने दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय, डोटी पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*