चितवनका एक कोरोना संक्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेज भरतपुर उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
ती पुरुषको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको कलेजले जनाएको छ ।
उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।










